ब्रोकर नम्बर ४४ नेप्सेको कारवाहीमा

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर नम्बर ४४ को डाइनामिक मनि म्यानेजर्स सेक्युरिटिज प्रालिलाई कारवाही गरेको छ।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम ५ विपरित काम गरेको भेटिएकाले आइतबार एक दिनका लागि निलम्बन गरिएको नेप्सेले जानाएको छ । सो ब्रोकरले अड लट कारोबार गरेकाले निलम्बन गरिएको हो।

नेप्सेले १० कित्ता वा सो भन्दा बढी कित्तामा मात्र कारोबार गर्न पाउने व्यवस्था गरेको छ। १ देखि ९ कित्तासम्मका शेयर कारोबारलाई अड लट मानेर कारोबार हुने गर्छ। नेप्सेले अब उप्रान्त यस्तो कार्य नगर्न सचेत गराएको छ ।

कुनैपनि व्यक्तिको डिम्याट खातामा १० वा सो भन्दा धेरै कित्ता शेयर भएको खण्डमा अडलट कारोबार गर्न पाइदैन तर कुनै व्यक्तिको खातामा १० कित्ताभन्दा थोरै शेयर भएको खण्डमा भने अडलट अनुसार कारोबार गनए पाइन्छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ साउन २०७७, आइतबार  २० : ३५ बजे