एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँड भोलि

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर (आइपिओ) बाँडफाँड हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले बिहान ९ बजे क्यापिटलको कार्यालय नक्सालमा बाँडफाँड हुने जानकारी दिएको छ।

आइपीओको प्रि-अलोटमेण्ट आइतबार नै सम्पन्न भैसकेको छ।

कम्पनीको आईपीओमा ४ लाख २८ हजार १५३ जना आवेदकबाट १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग भएको छ। जुन मागभन्दा ५.२४ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्काशन गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि बाँडफाँड गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिएको थियो।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ १ लाख बढी आवेदकले नपाउने, सवा चार लाख बढीले गरे आवेदन

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड नाघ्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा २ करोड ४१ लाख ७० हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको विकासमा योगदान पुर्याउने कम्पनीको उद्देश्य छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । जसमा झण्डै ८ सय जनाको लगानी छ । यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ ।

कम्पनीले माथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४.३ मेगावट), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावट), मध्य तमोर हाइड्रोपावर (७३ मेगावट) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ । आगामी दिनमा जलविद्युत बाहेकका अन्य क्षेत्रमा पनि लगानी बढाउँदै लैजाने लक्ष्य कम्पनीले लिएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ साउन २०७७, सोमबार  १७ : ५६ बजे