नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनआईडिसी डेभलपमेण्ट बैंकको धितोपत्र सूचीकरण साउन २६ गतेदेखि खारेज गरेको छ ।
बैंकलाई राष्ट्रिय वाणिज्य बैंकले १:१ शेयर स्वाप रेसियो अनुपातमा प्राप्ति गरेपछि नेप्सेले कम्पनीको धितोपत्र सूचीकरण खारेजी गरेको हो। बैंकको अस्तित्व नै समाप्त भएपछि नेप्सेमा धितोपत्र सूचीकरण नियामावली बमोजिम खारेज भएको हो ।
राष्ट्रिय वाणिज्य बैंकले प्राप्ति गरेपछि बैंकको २०७४ भदौ १२ गतेदेखि दोस्रो बजारमा शेयर कारोबार स्थगन रहेको थियो।
प्रतिक्रिया