मुक्तिनाथ विकास बैंकका शेयरधनीलाई लाभांश संकलन गर्न अनुरोध

0
Shares

मुक्तिनाथ विकास बैंक (MNBBL) ले आफ्ना शेयरधनीहरुलाई विगत वर्षहरुमा वितरण भएको लाभांश संकलन गर्न अनुरोध गरेको छ।

बैंकले सोमबार सूचना प्रकाशन गर्दै ३५ दिन भित्र शेयरधनीलाई लाभांश संकलन गर्न भनेको हो।

बैंकले तीन आर्थिक वर्षहरु आव २०६८/६९, ०६९/७० र ०७०/७१ मा वितरण भएको नगद लाभांश संकलन गर्न अनुरोध गरेको छ।

शेयरधनीहरुले बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौं तथा शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटलमा सम्पर्क गरी लाभांश संकलन गर्न सक्नेछन् ।

३५ दिन भित्र लाभांश दाबी गर्न नआएको अवस्थामा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका तथा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम हुने पनि बैंकले जनाएको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ साउन २०७७, सोमबार  १८ : २८ बजे