समृद्धि फाइनान्सको नाफामा सुधार, २ करोड ८३ लाखले बढ्यो

0
Shares

समृद्धि फाइनान्स (SFCL) ले गत आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो आवको तुलनामा २ करोड ८३ लाख ८८ हजार रुपैयाँले खुद नाफा वृद्धि गरेको छ। फाइनान्सले असार मसान्तसम्ममा ३ करोड ३८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

मंगलबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार खराब कर्जाको नोक्सानी व्यवस्थाबाट ५ करोड ६० लाख बढी रकम फिर्ता भएपछि फाइनान्सको नाफा बढेकोे हो।

समीक्षा अवधिमा फाइनान्सको खराब कर्जा अनुपात शतप्रतिशतबाट घटेर ८६.६४ प्रतिशतमा सुधार भएको छ। २०७६ साउन १५ गते समस्याग्रस्त संस्थाबाट मुक्त भएको फाइनान्स खराब कर्जा असुलीमा केन्द्रित छ।

असार मसान्तसम्म २० करोड ५८ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ करोड ८६ लाख ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ७१ लाख ५३ हजार रुपैयाँबाट बढेर ३ करोड ९ लाख ५५ हजार रुपैयाँ पुगेको छ।

फाइनान्सले नियमित कारोबार थालेपछि खुद ब्याज आम्दानी र आम्दानीका अन्य शीर्षक समेत बढेको छ। खराब कर्जा असुलीले फाइनान्सको सञ्चालन नाफा १ करोड ६३ लाख रुपैयाँ वृद्धि भई ४ करोड ८४ लाख ४६ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी १८ करोड १९ लाख ८० हजार रुपैयाँ र जगेडा कोषमा २३ करोड ६९ लाख ९८ हजार रुपैयाँ रहेको छ। फाइनान्सको प्रतिशेयर आम्दानी १८.३२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ७२.८९ रुपैयाँ, पूँजीकोष अनुपात ४६.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात ५.२१ गुणा छ।

Particulars Samriddhi Finance Company Limited   ( Rs in’000)
Q4, 2076/2077 Q4,2075/2076 Difference %
Paid-up Capital 181,980.00 181,980.00 0.00
Retained Earnings -287,684.00 -314,049.00 -8.40
Annualized EPS (Rs.) 18.62 2.69 592.19
Net worth per share (Rs.) 72.89 164.78 -55.77
P/E ratio (times) 5.21% 35.69 -99.85
Reserves  236,998.00 229,811.00 3.13
Deposit from Customers 205,849.00 75,274.00 173.47
Loans & Advances to Customers 18,690.00 603 2999.50
Net Interest Income 30,955.00 7,153.00 332.76
Impairment Charge/(Reversal) 56,028.00 39,719.00 41.06
Operating Profit 48,446.00 32,101.00 50.92
Profit/(Loss) for the Year 33,883.00 5,495.00 516.62
Distributable Profit/(Loss) 26,605
Capital Adequacy Ratio (CAR) (%) 46.30% 12.37% 274.29
Non-Performing Loan (NPL) 86.64% 100.00% -13.36
Cost of Fund (%) 8.02% 3.14 -97.45
Base Rate (%) 20.84% 17.60% 18.41

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ साउन २०७७, मंगलबार  १६ : १६ बजे