जनरल इन्स्योरेन्सको खुद नाफा ३९% ले बढ्यो, आईपीओ पाइपलाइनमा

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल (GIC) ले गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा ३९.७८ प्रतिशतले खुद नाफा बढाएको छ। अघिल्लो आवमा ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीके नाफा ५ करोड ६ लाख पुगेको हो।

गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा इन्स्योरेन्सले २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा इन्स्योरेन्सले १६ करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा ४ करोड ५० लाख रुपैयाँले वृद्धि गरेको हो।

चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७.२३ रुपैयाँ र जगेडा कोषको २ करोड ९ लाखले बढेर ४ करोड ६६ लाख पुग्दा प्रतिशेयर नेटवर्थ ११४.६८ रुपैयाँ कायम भएको छ।

बीमा समितिले तोकेको चुक्ता पूँजी पुर्याउन कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) जारी गर्न असार ५ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ। 

कम्पनीको बीमा कोषमा ५ करोड १० लाख र महाविपत्ती जगेडा कोषमा ५२ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवको यसै अवधिमा बीमा कोषमा २ करोड ८६ लाख र महाविपत्ती जगेडा कोषमा २९ लाख रुपैयाँ सञ्चित थियो।

इन्स्योरेन्सले यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ७ करोड ५४ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिसम्ममा इन्स्योरेन्सले कुल ५७ हजार ८०३ बीमालेख जारी गरी ५३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको ४ हजार ६०६ वटा बीमालेख नविकरण भएका छन् ।

कम्पनीले कुल १ हजार ५६५ दाबी बापत १९ करोड ५२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३५६ दाबी बापत परेको ३ करोड ९० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

Particulars General insurance company Nepal limited  (Rs in ‘000)
Q4, 2076/2077 Q4,2075/2076 Difference
Paid-up Capital 700,000 700,000 0
Reserves & Surplus 46600 25700 81.32%
Insurance Fund 51000 28600 78.32%
Contingent Fund 5200 2900 79.31%
Net Profit 50600 36200 39.78%
EPS (Rs.) 7.23 5.17 39.85%
Net worth per share (Rs.) 114.68 107.76 6.42%
Net Premium 209,600 164,600 27.34%
Re-insurance income 75400 47400 59.07%
Income from investment, loan, and others 18000 34400 -47.67%
Claim Payment (Net) 76900 22600 240.27%
No. of Policies 57,803 31,217 85.17%

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ साउन २०७७, बुधबार  ०९ : २८ बजे