नेप्सेको प्रि ओपनिङ्ग सेसनमा बुधबार कारोबारमा आएका ५ कम्पनीमध्ये २ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरै बढेको छ भने २ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले घटेको छ।
कारोबारमा आएका रि इन्स्योरेन्स कम्पनीको र बेष्ट फाइनान्सको शेयरमूल्य मा ४ प्रतिशत धेरै सुधार देखिएको हो। नेपाल फाइनान्स र बैंक अफ माठमाण्डूको शेयरमूल्य ४ प्रतिशत धेरैले घट्न पुगेको छ। बैंकको नाफा घटेपछि त्यसको प्रभाव शेयरमूल्यमा परेको हो।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ५ कम्पनीका ४०५ कित्ता शेयर ९३ हजार ४८० रुपैयाँमा खरीद बिक्री भएका छन्। यस अवधिमा नेप्से १.५९ अंकले बढेर १४२५.४० बिन्दुमा बन्द भएको छ।
प्रतिक्रिया