चुक्ता पूँजीको साढे २ गुणा धेरै नाफा कमाएको लघुवित्तको EPS २४३ रुपैयाँ

0
Shares

शेयर बजारमा सूचीकृत नभएको जीवन विकास लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ३४ करोड १४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

चौध करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले चुक्ता पूँजीको २.४३ गुणा धेरै नाफा आर्जन गरेको हो। चैतसम्म २७ करोड २५ लाख ३२ हजार नाफा कमाएको लघुवित्तले पछिल्लो तीन महिनामा मात्रै ६ करोड ८८ लाख ९१ हजार रुपैयाँले आफ्नो नाफा बढाएको हो।

एक वर्ष अवधिमा लघुवित्तको नाफा ११ करोड ९८ लाख ९३ हजार रुपैयाँ अर्थात ५४.१२ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिमा लघुवित्तको जगेडा कोषको आकार ३२ करोड ९७ लाख १६ हजार रुपैयाँले वृद्धि भई ५५ करोड १० लाख ४६ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा नाफा बढेसँगै लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ८५.६३ रुपैयाँले बढेर २४३.८७ रुपैयाँ पुगेको छ। अघिल्लो आवको अन्त्यमा वार्षिक प्रतिशेयर आम्दानी १५८.२४ रुपैयाँ रहेको थियो।

असार मसान्तसम्म लघुवित्तले ५ अर्ब ६२ करोड ३१ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ३८ करोड ५३ लाख २८ हजार रुपैयाँ सापटी गरी १० अर्ब ६६ करोड २४ लाख २६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। एक वर्ष अवधिमा निक्षेप संकलन १६.८१ र कर्जा लगानी १५.०१ प्रतिशतले बढेको हो।

Particulars  Jeevan Bikas Laghubitta Bittiya Sanstha Ltd (Rs in ‘000)
Q4, 2076/2077 Q4,2075/2076 Difference
Paid-up Capital 140,000.00 140,000.00 0%
Reserves & Surplus 551,046.26 221,330.52 148.97%
Net Profit 341,423.97 221,530.31 54.12%
EPS (Rs.) 243.87 158.23 54.12%
Net worth per share (Rs.) 493.6 258.09 91.25%
Deposits 5,623,185.51 4,813,949.04 16.81%
Loans & Advances 10,662,426.65 9,270,666.69 15.01%
Net Interest Income 948,979.17 325,672.11 191.39%
Staff Expenses 307,324.38 99,440.01 209.06%
Provision for possible losses 233,036.50 7,427.64 3037.42%
Operating Profit 423,834.38 230,144.59 84.16%
NPL (%) 0.29% 0.24% 20.83%
Cost of Fund (%) 8.93% 10.17% -12.19%

 

लघुवित्तको खुद ब्याज आम्दानी ६२ करोड ३३ लाख ७ हजार रुपैयाँले वृद्धि भई ९४ करोड ८९ लाख ७९ हजार रुपैयाँ पुगेको छ। उच्च बढेको कर्मचारी र अन्य सञ्चालन खर्चका बाबजुत लघुवित्तले आफ्नो खुद नाफा वृद्धि गरेको छ।

अघिल्लो आवको तुलनामा कम्पनीको कर्मचारी खर्च २० करोड ७८ लाख ८४ हजार र सञ्चालन खर्च ५ करोड ३३ लाख २० हजार रुपैयाँले बढेको छ। असारसम्म लघुवित्तले कर्मचारी खर्चमा ३० करोड ७३ लाख २४ हजार र सञ्चालन खर्चमा ८ करोड ५५ लाख १० हजार रुपैयाँ गरेको छ।

मोरङको कटारीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तको सञ्चालन नाफा २३ करोड १ लाख ४४ हजार रुपैयाँबाट १९ करोड ३६ लाख ९० हजार वृद्धि हुँदा ४२ करोड ३८ लाख रुपैयाँ आर्जन भएको छ।  कोषको लागत ८.९३ प्रतिशत रहेको यस लघुवित्तको खराब कर्जा अनुपात ०.२९ प्रतिशत छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ साउन २०७७, बुधबार  १२ : ३२ बजे