मिथिला लघुवित्त (MLBBL) ले गत आर्थिक वर्ष २०७६/७७ मा २ करोड ३५ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा १ करोड ९१ लाख ९२ हजार खुद नाफा कमाएको लघुवित्तले २२.६२ प्रतिशतले खुद नाफा बढाएको हो।
चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २२.२३ रुपैयाँ रहेको छ।
असार मसान्तसम्ममा कम्पनीले ३५ करोड ९३ लाख ३६ हजार निक्षेप संकलन तथा ८३ करोड ६१ लाख ४० हजार सापटीबाट १ अर्ब २१ करोड २३ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।
यसबाट लघुवित्तले ७ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा ५ करोड ८७ लाख ६३ हजार खुद ब्याज आम्दानी गरेकोमा ३०.३५ प्रतिशतले वृद्धि गरेको हो।
लघुवित्तको सञ्चालन नाफा ३ करोड ३४ लाख ४२ हजार छ। अघिल्लो आवको तुलनामा ३९ लाख ३४ हजार रुपैयाँले सञ्चालन नाफा बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको जगेडा कोषको आकार ४ करोड ७८ लाख ९३ हजार रुपैयाँबाट १ करोड ६६ लाख २७ हजार बढेर ६ करोड ४५ लाख २० हजार रुपैयाँ पुगेको छ। लघुवित्तको वार्षिक प्रतिशेयर नेटवर्थ १६०.९५ रुपैयाँ छ।
कम्पनीले खराब कर्जा अनुपात १.५९ प्रतिशतमा सुधार गरेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया