कामना सेवाले बिना धितोमा प्रोफेशनल कर्जा उपलब्ध गराउने

0
Shares

कामना सेवा विकास बैंकले नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) मा आबद्ध सदस्यहरुलाई बिना धितोमा प्रोफेशनल कर्जा प्रवाह गर्ने भएको छ। संघ र बैंकबीच उक्त सम्झौता सम्पन्न भएको छ ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र संघका तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले बैंकको केन्द्रीय कार्यालयमा समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा १५ लाखसम्मको प्रोफेशनल कर्जा प्रदान गर्नेछ। सम्झौतापछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु विस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी दिए ।

साथै, एक्यानमा आवद्ध सदस्यका श्रीमतीद्वारा सञ्चालित व्यापार व्यवसायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको धितालले बताए ।

वि.सं २०३५ सालमा स्थापना भएको नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ साउन २०७७, बिहीबार  १७ : ५५ बजे