सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, यस्तो छ बजारभाउ

0
Shares

 

सुनको भाउ भदौ १ गते सोमबार पनि प्रतितोला २०० रुपैयाँले घटेको छ। यस्तै चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले सस्तिएको छ। आइतबार पनि सुन प्रतितोला २०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ तोकेको छ। यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३१५ रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ, र चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

साउन २३ गते शुक्रबार सुनको भाउ ऐतिहासिक उचाईमा कारोबार भएको थियो। सो दिन छापावाल सुन १ लाख ३ हजार ५०० रुपैयाँ, तेजावी सुन १ लाख ३ हजार र चाँदीको भाउ साउन २७ गते हालसम्मकै उच्च १ हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ भदौ २०७७, सोमबार  ११ : ३६ बजे