प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले लिलामीमा ल्याएको ५४ हजार ६३१ साधारण शेयरको शिलबन्दी बोलपत्र सोमबार खुला भएको छ ।
इन्स्योरेन्सको लिलामी आवेदन सर्कानका लागि ९४२ वटा आवेदन परेको परेको थियो । सबै शिलबन्दी खोलाइको आधारमा मात्र हेर्दा प्रतिकित्ता शेयरको न्यूनतम मूल्य ४१५ देखि ४१९ रुपैयाँको बीचमा कायम हुने देखिन्छ ।
इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले भने सबै आवेदनहरु रुजु गरिसकेपछि मात्र न्यूनतम मुल्य निर्धारण हुने जनाएको छ। केही ठूला लगानीकर्ताहरुले ठूलो संख्यामा ४२५ रुपैयाँभन्दा महङ्गो मूल्यमा शेयर माग गरेको हुनाले न्यूनतम मूल्य ४१५ रुपैयाँभन्दा तल नझर्ने देखिएको हो ।
सोमबार दोस्रो बजारमा प्रुडेन्सियल इन्स्योरेन्सको प्रतिकित्ता शेयरमूल्य ९ रुपैयाँले बढेर ४७४ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।
इन्स्योरेन्सले गत चैत १८ गतेदेखि असार १९ गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशतले ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गरेको थियो । निष्काशित ३८ लाख ४९ हजार १२० कित्ता हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता शेयर लिलामीमा राखेको थियो ।
हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया