राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा निधन

0
Shares

राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार निधन भएको छ । पारिवारिक श्रोेतले दिएको जानकारी अनुसार उनको साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो।

घिमिरेको कपुरधारास्थित निवासमै निधन भएको हो । केही समययता उनको स्वास्थ्यमा समस्या देखिँदै आएको थियो ।

उनको जन्म १९७६ आश्विन ७ गते लम्जुङको पुस्तुन गाउँमा भएको थियो। पहिलो श्रीमती गौरीको २००४ असार २२ गते निधन भएपछि २००५ माघ ५ गते घिमिरेले महाकालीसँग दोस्रो विवाह गरेका थिए। उनका ६ जना छोरी र दुई छोरा छन्। वि सं १९९४ सालमा नौवटा कविताको संग्रह संग्रहित नवमञ्जरी प्रकाशित भएको थियो।

उनको राष्ट्रिय गीत गाउँछ गीत नेपाली निकै चर्चित छ। गौरी (शोककाव्य), राजेश्वरी,मालती मङ्गले,(गीतिनाटक), राष्ट्रनिर्माता, हिमालपारि हिमालवारि (गीतिनाटक), इन्द्रकुमारी, किन्नर-किन्नरी (गीतसङ्ग्रह), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृतिहरु चर्चित छन् ।

नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म घिमिरेको महत्वपूर्ण योगदान रहेको छ । उनी नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।

घिमिरेले पछिल्लो पटक २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए। उनले वि सं २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कारबाट पनि सम्मानित भएका थिए।

घिमिरेले पछिल्लो पटक २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए। उनले वि सं २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कारबाट पनि सम्मानित भएका थिए। नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

प्रकाशित मिति: २ भदौ २०७७, मंगलबार  १८ : ४१ बजे