समृद्धि फाइनान्सको हकप्रदको लागि बुकक्लोज निर्धारण

0
Shares

समृद्धि फाइनान्स कम्पनी (SFCL) ले हकप्रद शेयर निष्काशन गर्नका लागि शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने मिति तोकेको छ।

फाइनान्सले १ बराबर २ कित्ता अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६०० रूपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन गर्न भदौ १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

यसअनुसार भदौ ११ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन्। हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ।

हकप्रद जारी गर्न फाइनान्सले २०७६ साल फागुन २३ गते धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएकोमा भदौ २ गते बोर्डबाट अनुमति पाएको थियो।

फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ।

हाल १८ करोड १९ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रद पछि ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ पुग्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ भदौ २०७७, बिहीबार  १४ : ४२ बजे