समाज लघुवित्तको आईपीओमा ५३ हजारले गरे आवेदन, १३ लाख ३३ हजार कित्ताको माग

0
Shares

समाज लघुवित्तले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा पहिलो दिनमा बेलुका ५ बजेसम्ममा ५३ हजार १०९ वटा आवेदन परेको छ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले उपलब्ध गराएको तथ्याङ्क अनुसार ५३ हजार १०९ वटा आवेदन मार्फत १३ लाख ३३ हजार ३९० कित्ता शेयर खरीदको लागि माग परेको हो।

लघुवित्तले प्रतिकित्ता १०० अंकित दरमा ८० हजार ७०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेकोमा पहिलो दिनमा परेको माग आवेदन नै १६.५२ गुणा बढी हो।

लघुवित्तले बिहीबारदेखिकूल ८६ हजार कित्ता शेयर निष्काशनमा ल्याएकोमा १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सिडिएससीको मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओमा छिटोमा भदौ ८ गते निष्काशन बन्द हुनेछ। उक्त समयसम्मा आइपीओ बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ।

हाल यो कम्पनीको चुक्ता पूँजी एक करोड १४ लाख रुपैयाँ छ । ८६ लाखको आईपीओ जारी गरेपछि चुक्ता पूँजी २ करोड पुग्नेछ । आईपीओपछि कम्पनीमा संस्थापको ५७ तथा सर्वसाधारणको ४३ प्रतिशत शेयर स्वामित्व रहनेछ ।

प्रकाशित मिति: ४ भदौ २०७७, बिहीबार  १७ : ५९ बजे