नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आइतबार कारोबारमा आएका ९ कम्पनीमध्ये ७ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको स्थिर छ। कुनैपनि कम्पनीको शेयरमूल्य भने सामान्य घटेको छैन।
कारोबारमा आएका युनियन हाइड्रोपावर, सिनर्जी पावर, नेपाल बैंक, र हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको छ। सबैको लघुवित्त, शिवम् सिमेन्ट, र नेको इन्योरेन्सको शेयरमूल्य सामान्य बढेको छ।
नेपाल रि इन्स्योरेन्स र एनआर्ईसी एशिया लघुवित्तको शेयरमूल्य स्थिर रहेको छ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ९ कम्पनीका ९३० कित्ता शेयर ५ लाख ५० हजार ५०० रुपैयाँमा खरीद बिक्री भएका छन्। यस अवधिमा नेप्से १.९२ अंकले बढेर १३९९.४९ बिन्दुमा बन्द भएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया