महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड (MSMBS) ले सातौं वार्षिक साधारण सभाबाट चुन्न लागेको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालकको निर्वाचन कार्यक्रम स्थगित भएको छ ।
कोभिड १९ कारण साधारण सभामा निर्वाचनका लागि साधारण सभासम्म सर्वसाधारणको आवतजावत सम्भव नभएकाले निर्वाचन कार्यक्रम स्थगित भएको संस्थाले जनाएको छ। निर्वाचन कार्यक्रम स्थगित भएपनि साधारण सभाको कार्याक्रम भने सुचारु हुनेछ।
भदौ १३ गते शनिबार केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुरमा हुने सातौं वार्षिक साधारण सभा बोलाएको छ।
महिला सहयात्रा लघुवित्तले १ करोड २१ लाखको बोनस बाँड्ने
महिला सहयात्राको साधारण सभा आह्वान, १७.५% लाभांश अनुमोदन गर्ने
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया