केन्द्रीय निक्षेप प्रणालीको सीईओका लागि ३ जनाको नाम सिफारिस

0
Shares

केन्द्रीय निक्षेप प्रणाली (सीडिएस एन्ड क्लियरिङ लिमिटेड) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि गठित छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।

कार्यपत्र प्रस्तुतीकरणका आधारमा सर्टलिस्टमा परेका ६ जना उम्मेदवार मध्ये छनौट समितिले भीष्मराज चालिसे, पूर्णप्रसाद आचार्य र कृष्ण गिरीको नाम सिफारिस गरिएको हो ।

नेप्सेका प्रबन्धक तथा छनोट समितिका संयोजक निरन्जन फुयाँलले आइतबारको बैठकले तीन जनाको नाम सिफारिस गरेको नोटबजारलाई जानकारी दिए ।

सीडीएससीको सञ्चालक समितिले अब सर्टलिस्टमा परेका तीन जनामध्येबाट एकजनालाई सीडीएसीको सीईओ नियुक्त गर्नेछ । सीडीएससीको सञ्चालक समितिमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, निरञ्जन फुयाँल, प्रविन पान्दक, र मुराहरी पराजुली सदस्य रहेका छन् ।

रिक्त पदपूर्तिका लागि गत असार १६ गते सीडीएससीले सीईओ पदका लागि आवेदन माग गरेको थियो । तत्कालिन सीइओ देवप्रकाश गुप्ताको कार्यकाल २०७६ कात्तिक १० गते सकिएपछि सीडिएससीको सीईओ पद रिक्त रहेको छ । गुप्ताको बिदाईसँगै नेटवर्क सेक्शनको प्रमुखको कार्यभार सम्हाल्दै आएकी कञ्चन सापकोटालाई मंसिर १६ गते लागू हुनेगरी कायम मुकायमको जिम्मेवारी दिइएको थियो ।

नेपाल स्टक एक्सचेनञ्जको सहायक कम्पनीका रुपमा सन् २०१० मा सीडिएससी स्थापना गरिएको थियो । यो संस्थाको औपचारिक उद्घाटन भने सन् २०११ मार्च ३१ मा गरिएको थियो। केन्द्रीय निक्षेप प्रणालीका रुपमा यो कम्पनीले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ भदौ २०७७, सोमबार  १४ : ३४ बजे