कोरोनाका कारण सोमबार ८ को मृत्यु, ७४३ जना संक्रमित थपिए

0
Shares

नेपालमा सोमबार ७४३ कोरोना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४३ जना संक्रमित थपिएका हुन् । जसमा २४६ महिला र ४९७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १७५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १८ हजार ८०६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।

सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २३४ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ६ लाख १० हजार ४६९ जनाको पीसीआर परीक्षण सम्पन्न गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार १५४ जना र होम आइसोलेसनमा ४ हजार ५६१ रहेका छन् । आजसम्म देशभर ११ हजार २७५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।