समाज लघुवित्तको आईपीओ साढे ५ लाख बढी आवेदकले नपाउने

0
Shares

समाज लघुवित्त वित्तीय संस्थाले भदौ ४ गतेदेखि निष्काशन गरेको आईपीओमा मागभन्दा १४८.५६ गुणा बढी आवेदन परेको छ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सोमबार बेलुका ५ बजेसम्म परेको प्रारम्भिक तथ्याङ्क अनुसार नै ५ लाख ५६ हजार ६८ जना आवेदकको खाली हुने देखिएको छ ।

आईपीओमा परेको तथ्याङ्क अनुसार नै उक्त संख्याको आवेदकले शेयर नपाउने देखिएको हो । यो अन्तिम तथ्याङ्क नभएकाले बैंक तथा वित्तीय संस्थाबाट भौतिक रुपमा परेको सि आश्वा आवेदनबाट थप हुने आवेदनसँगै शेयर नपाउने संख्या अझ बढ्नेछ ।

सोमबार साँझ ५ बजेसम्म कूल ५ लाख ६४ हजार १३८ वटा आवेदन मार्फत १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयरका लागि आवेदन परेको छ । यो संख्या सर्वसाधारणका लागि निष्काशन गरिएको ८० हजार ७०० कित्ताको १४८.५६ गुणा बढी हो ।

कम्पनीले कूल ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्काशन गरेकोमा संस्थाका कर्मचारीका लागि १ हजार र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ८० हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ ८ हजार ७० जनाले गोलाप्रथाबाट १० कित्ता पाउनेछन् । यो संख्या कूल आवेदक संख्याको १.४३ प्रतिशत मात्र हो। यो आईपीओमा ९८.५७ प्रतिशतको हात भने खाली हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ करोड १४ लाख रुपैयाँ रहेको छ । ८६ लाखको आईपीओ जारी गरेपछि चुक्ता पूँजी २ करोड पुग्नेछ । आईपीओपछि कम्पनीमा संस्थापको ५७ तथा सर्वसाधारणको ४३ प्रतिशत शेयर स्वामित्व रहनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ भदौ २०७७, सोमबार  १८ : ४० बजे