समृद्धि फाइनान्स (SFCL) को हकप्रद बिहीबारसम्म कायम शेयरधनीले मात्र पाउने भएका छन् ।
फाइनान्स कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि भदौ १२ गते शुक्रबार शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति तोकेकाले आजसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउनेछन्।
बुकक्लोजको अघिल्लो दिनसम्म कारोबार भई कायम रहने लगानीकर्ताले मात्र कम्पनीले आगामी दिनमा निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।
कम्पनीले बीओके क्यापिटल लिमिटेडको बिक्री प्रबन्धकत्वमा चुक्ता पूँजीको २०० प्रतिशत बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
हकप्रद जारी गर्न फाइनान्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भदौ २ गते अनुमति पाएको थियो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ५४ करोड ५८ लाख पुग्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया