नेपाल इन्स्योरेन्सको रिक्त नायव प्रमुख कार्यकारी अधिकृत र नायव महा–प्रवन्धक पदमा नियुक्ती

0
Shares

नेपाल इन्स्योरेन्स कम्पनी (NICL) ले रिक्त रहेको नायब प्रमुख कार्यकारी अधिकृत र नायव महा–प्रबन्धक पदमा नियुक्त गरेको छ ।

कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको तेस्रो बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा इश्वर पोखेरेल र नायव महा–प्रबन्धकमा निरज बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको हो।

भदौ ७ र ८ गते लिइएको अन्तरर्वार्ता तथा व्यवसायिक योजनाको प्रस्तुती, योग्यता तथा कार्य अनुभवका आधारमा पोखरेल र बस्नेतलाई नियुक्त गरिएको हो ।

कम्पनीले उक्त पदपूर्तिका लागि साउन १२ र २२ गते १५ दिने सूचना जारी गरर दरखास्त आह्वान गरेको थियो। दरखास्तबाट पर्न आएका उम्मेदवारहरु मध्येबाट उच्च अंक प्राप्त गरी पोखरेल र बस्नेतलाई नियुक्त भएका हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।