शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचिकृत

0
Shares

शिखर इन्स्योरेन्स कम्पनीले गत असार १४ गते बिक्री गरेको ३० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार शिखरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । अब लगानीकर्ताले उक्त शेयर डिम्याट खातामा आएपछि खरिद बिक्री गर्न पाउनेछन् ।

कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेको थियो।

हाल १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।