समाज लघुवित्तको आईपीओ पाउने भाग्यमानी ८ हजारमा ७० मा को-को पर्नुभयो, नतिजा नोटबजारमा हेर्नुहोस्

0
Shares

समाज लघुवित्त वित्तीय संस्थाको सोमबार बाँडफाँड भएको आईपीओ भाग्मानी आईपीओ ८ हजार ७० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले हात पारेका छन् ।

आईपीओ नतिजाका लागि नोटबजार डटकमको गृहपृष्ठको शीर्षस्थानको अन्तिम दोस्रो स्थानमा रहेको आईपीओ रिजल्ट ((IPO Result)) मा जानुहोस् । त्यसपश्चात १६ अंकको हितग्राही खाता (डिम्याट) लेखी सर्च बटनमा क्लिक गरेर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिन्छ ।

बिक्री प्रबन्धकले आवेदकको नाम र आवेदन गरिएको शेयर संख्या (कित्ता) तथ्याङ्क उपलब्ध नगराएकाले आवेदन कित्ताको स्थानमा पनि अलटमेन्ट कित्ता नै राखेर नतिजा प्रकाशन गरिएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा ५ लाख ४७ हजार ३७० जना आवेदन परेको थियो । जसमध्ये ५ लाख ३९ हजार ३०० जना आवेदकको हात खाली भएको छ। ५ सय वटा आवेदन रद्द भएको छ ।

लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये लघुवित्तले १ हजार कित्ता संस्थाका कर्मचारीहरूका लागि तथा ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो। बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणलाई बाँडेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ भदौ २०७७, सोमबार  १५ : ४४ बजे