काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

0
Shares

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । शाक्यले आफूमा संक्रमण पोजेटिभ देखिएपछि अहिले आइसोलेसनमा बसेको बताएका छन् ।

उनले श्रीमतीलाई १०० डिग्रीभन्दा ज्वरो देखिएपछि ग्रान्डी अस्पतालमा आइतबार नियमित जाँचका लागि गएको बेला पीसिआर परीक्षणका लागि स्वाब दिएका थिए । अस्पतालले आज मेयर शाक्यको पोजेटिभ रिर्पोट आएको र उनको श्रीमतीको भने नगेटिभ आएको जनाएको हो ।

आफुमा संक्रमणको लक्षण नदेखिएको र अहिले घरमै बसिरहेको बताएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ भदौ २०७७, सोमबार  १९ : ०४ बजे