एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न, बैंकले पायो ३ करोड ६० लाख नगद एनआईसी एशिया क्यापिटल लिमिटेडको बिहीबार सम्पन्न चौथो वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १८ प्रतिशतका (कर सहित) दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा सम्पन्न भएको सभाले आउने ३ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । यससँगै एनआईसी एशिया बैंकले सो लाभांश प्राप्त गरेको छ । क्यापिटलमा बैंकको शतप्रतिशत लगानी रहेको छ ।
सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । छिटो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको छ ।
साथै एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानीकोष योजनाहरु “एनआईसी एशिया ग्रोथ फण्ड” र “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” सञ्चालन गरिरहेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया