यसकारण बन्द भयो मेरो शेयरको पोर्टफोलियो फिचर

0
Shares

केन्द्रीय निक्षेप प्रणाली अर्थात सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको मेरो शेयरमा रहेको ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा बन्द भएको छ ।

मेरो सेयरको माई पोर्टफोलियोमा अन्तिम कारोबार मूल्य र अन्तिम क्लोजिङ्ग मूल्य प्राप्त हुन नसकेका कारण यो सुविधा हालका लागि बन्द गरिएको सीडीएसले जनाएको छ ।

सीडिएससीका अनुसार मेरो शेयरमा प्राविधिक समस्या आउँदा उक्त सेवा बन्द भएको हो । समस्या समाधानका लागि आवश्यक कार्य भैरहेको कम्पनीले जनाएको छ । यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति सीडिएससीले क्षमायाचना समेत गरेको छ ।

‘माई पोर्टफोलियो’ बाहेक मेरो शेयरकान अन्य फिचरहरु व्यक्तिगत विवरण, शेयरको मौज्दात, कारोबारको इतिहास, रोक्का रहेको शेयर, बैंक खाता अद्यावधिक विवरण, जारी रहेका धितोपत्र ( माई आश्वा ), शेयर खरीद स्रोत, र इडिआइएस सुविधा भने सुचारु रहेको छ ।

 

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ भदौ २०७७, बिहीबार  १५ : ०९ बजे