समृद्धि फाइनान्सले आधारभुत शेयरधनीलाई हकप्रद वापतको रकम जम्मा गर्न अनुरोध गरेको छ ।
सर्वसाधारणमा हकप्रद जारी गर्नुभन्दा अघि चुक्ता पूँजीको १ प्रतिशत वा सो भन्दा धेरै शेयर स्वामित्व कायम गरेका शेयरधनीबाट हकप्रद वापतको रकम संकलन गर्नुपर्ने भएकाले सो अनुरोध गरेको हो ।
फाइनान्स कम्पनीले आधारभुत शेयरधनीलाई समृद्धि फाइनान्सको खाता नंम्बर ९१६०५०१४५ मा सो बापतको रकम जम्मा गर्न भनेको हो ।
चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद जारी गर्न लागेको कम्पनीले कूल ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बार्डबाट भदौ २ गते स्वीकृति पाएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया