नेप्सेमा यस साता ७४ लाख कित्ता शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा यस साता ७४ लाख २० हजार २० कित्ता शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार यस साता एनआरएन लघुवित्त वित्तीय संस्थाको कूल ३९ लाख २८ हजार ८८ कित्ता शेयर सूचीकृत भएको छ। नेप्सेमा सूचीकृत साबिकको किसान लघुवित्त र सूचीकृत नभएका एनआरएन र दिब्य लघुवित्तको गरी सो परिमाणमा शेयर सूचीकृत भएको हो ।

एनआरएन लघुवित्तले यसअघि नै रामारोशन, क्रियटिभ लघुवित्तलाई प्राप्ती गरेको थियो। एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर गत असार २९ गतेदेखि एकिकृत कारोबार थालेको थियो । मर्जपश्चात एफपीओ जारी गरेर एक अर्ब चुक्ता पूँजी पुर्याउने कम्पनीको तयारी छ ।

यसैगरी शिखर इन्स्योरेन्सको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद, सामुदायिक लघुवित्तको ३ लाख २० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ भदौ २०७७, शुक्रबार  १६ : ०८ बजे