पाँच वाणिज्य बैंकले १२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र (डिबेञ्चर) जारी गर्ने भएका छन् । सिद्धार्थ, एभरेष्ट, सानिमा, एनसीसी, र बैंक अफ काठमाण्डूले डिबेञ्चर जारी गर्न नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएका हुन्।
बोर्डका अनुसार सानिमा, एनसीसी, र बैंक अफ काठमाण्डूले दश वर्ष अवधिको र सिद्धार्थ, एभरेष्ट बैंकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न अनुमति माग गरेका हुन्।
सिद्धार्थ बैंकले ४ अर्ब, सिद्धार्थ र एनसीसी बैंकले ३ अर्ब, बैंक अफ काठमाण्डूले १ अर्ब ६० करोड र एभरेष्ट बैकले १ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर जारी गर्न लागेका हुन् ।
कूल १२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ५ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी हुनेछ भने ७ अर्ब ५६ करोड रुपैयाँ बराबरको प्राइभेट प्लेसमेन्ट अर्थात संस्तागत लगानीकर्तामा जारी हुनेछ ।
ऋणपत्र जारी गर्नका लागि एनसीसी, र बैंक अफ काठमाण्डूले नबिल इन्भेष्ट बैंकिङ्ग, सानिमा बैंकले एनआईसी एशिया क्यापिटल, एभरेष्ट बैंकले एनआईबिएल एस क्यापिटल, र सिद्धार्थ बैंकले एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
लगानीकर्ताले सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रमा ८.५ प्रतिशत, एभरेष्ट बैंक लिमिटेडको १०.२५ प्रतिशत, सानिमा बैंकको १०.२५ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको १०.५ प्रतिशत, बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा १०.२५ प्रतिशत ब्याज पाइनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया