वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (WOMI) को बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ ।
नेप्सेका अनुसार वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजीको १० प्रतिशत बराबरको २ लाख ५२ हजार ७२० कित्ता शेयर बोनस शेयर सूचीकृत भएको हो । बिहीबार सूचीकृत भएसँगै उक्त शेयर आइतबारदेखि कारोबार गर्न सक्नेछन् ।
लघुवित्तको गत असार १९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साधारण सभाका लागि फागुन ३० गतेदेखि बुकक्लोज गरेकाले सो दिनभन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले उक्त बोनस पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया