सनराइज बैंकको ग्रीनपिन सेवा

0
Shares

सनराइज बैंक (SRBL) ले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्ड मार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रीनपिन सेवा सुरु गरेको छ ।

यस सेवाको सुरुवात सँगै अब उप्रान्त बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ ।

ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंकको एटीएम वा अन्य कुनै बैंकहरूको एटीएममा हाल्ने बितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिन पिन प्राप्त गर्नेछन् ।

सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुदाँ यो सुबिधा पहिले भन्दा अझै सुरक्षित हुने बैंकको विश्वास छ ।

साथै, कागजीपिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुनः पिन कोड माग्नुपर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखा मार्फत निवेदन दिएपछि तत्कालै कागजबिहीन ग्रिनपिन सेवा प्राप्त गर्न सक्नेछन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।