केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) ले बुधबार मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ ।
हालसम्म मोबाइल एप सञ्चालनमा नल्याएको सीडिएससीले बुधबार पहिलो पटक सर्वसाधारणका लागि एप सञ्चालनमा ल्ष्याउन लागेको हो ।
सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एप सञ्चालनमा आएपछि शेयर आवेदन, पोर्टफोलियो हेर्ने सुविधा, शेयरको विद्युतीय हस्तान्तरण ( इडिआइएस) लगायत हाल मेरो शेयरमा रहेको सम्पूर्ण र सीडिएससिको वेबसाइटमा भएको सबै फिचरको सुविधा लगानीकर्ताले एपबाटै सहज रुपमा प्राप्त गर्न सक्नेछन् । केही दिनको परीक्षण पश्चात एपबाट नियमित रुपमा सेवा हुनेछ ।
उक्त मोबाइल एप एन्ड्रोइड र एप्पल दुवै मोबाइलमा एप स्टोरबाट डाउनलोड गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया