कृषि विकास बैंक (ADBL) ले असोज १ गते बिहीबारदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यसैगरी व्यक्तिगत मुद्दती निक्षेपमा न्यूनतम ६.२५ देखि अधिकतम ७.२५ प्रतिशत मात्र ब्याज दिने जनाएको छ ।
बैंकले संस्थागत मुद्दतीमा ६.२५ प्रतिशत देखि ६.५० प्रतिशतसम्म मात्र ब्याज दिनेछ । नवीकरण हुने संस्थागत निक्षेपमा भने बैंकले थप ०.१० प्रतिशत ब्याज दिनेछ ।
वैदेशिक मुद्रामा साधारण सबचतमा १ प्रतिशतभन्दा कम ब्याज दिने जनाएको बैंकले मुद्दतीमा भने अधिकतम १ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
अक्षय कोष नामको मुद्दती निक्षेप योजनामा भने बैंकले ७.२५ प्रतिशत ब्याज दिने जनाएको छ । कल खाता र सहकारी संस्थाको खातामा १.५० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
त्यसैगरी कर्जातर्फ बैंकले न्यूनतम आधार ब्याजदरमा शुन्य प्रतिशतबाट सुरु भई अधिकतम ५ प्रतिशत प्रिमियम दरमा कर्जा उपलब्ध गराउने जनाएको छ । ४२ शीर्षकमा कर्जाको प्रकार र ब्याजदर प्रकाशनमा ल्याएको बैंकले कर्जाको प्रकृति र समय हेरी ब्याजदर निर्धारण गरेको छ । कतिपय कर्जामा १.५० प्रतिशत प्रिमियम दरमा नै कर्जा दिने बैंकको सूचनामा उल्लेख छ ।
यस्तो मासिक किस्ताबन्दीमा प्रवाह गरिएको कर्जा (इएमआई प्रोडक्ट) को पनि अधिकतम प्रिमियम आधार ब्याजदरमा ५ प्रतिशतभन्दा नहुने बैंकले जानकारी दिएको छ ।
साउन मसान्तसम्म बैंकको आधार ब्याजदर ८.९५ प्रतिशत रहेको छ । यसै आधार दरका आधारमा माथिका कर्जाका व्याजदर निर्धारण हुनेछन्। यस्तै बैंकले पेनाल ब्याजदर प्रतिशत लाग्ने जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया