नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा साताको अन्तिम दिन बिहीबार कारोबारमा आएका ५० कम्पनीमध्ये ४३ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको मात्रै घटेको छ। ३ कम्पनीको शेयरमूल्य स्थिर छ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ५० कम्पनीका १० हजार ५३७ कित्ता शेयर २२ लाख ५० हजार ९२५ रुपैयाँमा खरीद बिक्री भएका छन्। ।
यसदिन ३४ कम्पनीको शेयरमूल्य झण्डै पाँच प्रतिशत हाराहारीमा बढेको छ । अधिकांश कम्पनीको शेयरमूल्य बढढ्दा नेप्से १४.४६ अंकले बढेर १ हजार ५५५.८५ अंकमा पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया