नयाँ नेपाल र सारथी लघुवित्तको एकीकृत कारोबार आज

0
Shares

नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तले आज (असोज ५ गते सोमबार) देखि ‘सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन् ।

दुई संस्था १ बराबर १ शेयर स्वाप रेसियामा एक आपसमा गाभिएका हुन्। यी दुई संस्थालाई एकीकृत कारोबारका लागि राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृती दिएको थियो ।

मर्जपश्चात ‘सारथी नेपाल लघुवित्तको चुक्ता पूँजी २३ करोड ५८ लाख पुग्नेछ। मर्जर अघि नयाँ नेपालको चुक्ता पूँजी १० करोड ८ लाख रुपैयाँ र सारथीको चुक्ता पूँजी ११ करोड ४ लाख २५ हजार रुपैयाँ थियो ।

सारथी राष्ट्रियस्तरको कार्यक्षेत्रको इजाजतपत्र प्राप्त संस्था हो भने नयाँ नेपाल लघुवित्त १० जिल्ला कार्यक्षेत्र भएको संस्था हो । दुबै लघुवित्त बीच २०७६ माघ २० गते मर्जर सम्बन्धी सम्झौता भएको थियो ।

मर्जपछि लघुवित्तको केन्द्रिय कार्यालय काभ्रे, धुलिखेल नगरपालिकामा रहने छ ।

मर्जर प्रयोजनका लागि नेप्सेमा सूचीकृत काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ नेपाल लघुुवित्तको शेयर कारोबार गत माघ २१ गतेदेखि रोक्का रहेको छ । दमौली तनहुँमा केन्द्रीय कार्यालय रहेको सारथी लघुवित्तले भने सर्वसाधारणलाई आईपीओ जारी गरेको छैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ५ असाेज २०७७, सोमबार  १० : ४८ बजे