राष्ट्रिय वाणिज्य बैंक (RBB) ले आफ्नो स्वामित्वमा रहेको सनराइज क्यापिटल संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले ४ लाख २८ हजार ५८० कित्ता शेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
उक्त शेयर खरीदका लागि संस्थापक शेयरधनी, संगठित संस्था, बैंक तथा वित्तीय संस्थाहरुबाछ असोज २० गतेभित्र आरबिबि मर्चेन्ट बैंकिङ्ग टेकुमा आइपुग्ने गरी प्रतिकित्ता के कति खरीद गर्न चाहेको हो कित्ता र मूल्य कबुल गरी बोलपत्र पेश गर्न आह्वान गरिएको छ ।
शेयर खरीदका लागि एकमुष्ठ सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम २०५.८२ रुपैयाँ वा सो भन्दा बढीमा प्रतिस्पर्धात्मक मूल्यमा आवेदन दिनुपर्नेछ । प्राप्त हुन आएको शिलबन्दी बोलपत्रहरु असोज २२ गते बिहान साढे १० बजे खुला हुने जनाइएको छ ।
यसबाट बैंकले कम्तिमा ४ करोड ५३ लाख ५२ हजार ३३५ रुपैयाँ प्रिमियम संकलन गर्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया