नेप्सेमा ४९ लाख ६७ हजार कित्ता शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार एनएमबि बैंक लिमिटेड (NMB) को ४९ लाख ६७ हजार ६५५ कित्ता शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार एनएमबि बैंक लिमिटेडले प्राप्ती गरेको कञ्चन डेभलपमेन्ट बैंक तर्फको शेयर एनएमबि बैंकको नाममा सूचीकरण गरिएको हो ।

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरि भदौं ७ देखि एकीकृत वित्तीय कारोबारको शुरु गरेको थियो।

यसअघि एनएमबी बैंक लिमिटेडको असार २१ गते सम्पन्न विशेष साधारण सभाले कञ्चन डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाका आधारमा निर्धारण गरिएको शेयर मूल्य अनुपात १००ः ८५ लाई स्वीकृत गरेको गरेको थियो।

कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले १०० कित्ता बराबर एनएमबी बैंक लिमिटेडको ८५ कित्ता शेयर प्राप्त गर्नेछन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असाेज २०७७, मंगलबार  १२ : ०८ बजे