नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले समाज लघुवित्तको शेयर सूचीकरणसँगै कारोबार रोक्का राखिएको जानकारी दिन प्रवाह गरेको सूचनामा त्रुटी भेटिएको छ ।
नेप्सेले समाज लघुवित्तलाई बिहीबार लेखेको लेखेको पत्रमा समाज लघुवित्तको शेयर कारोबार रोक्का राखिएको हुनुपर्नेमा वोमी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार असोज ८ गतेदेखि रोक्का राखिएको सूचना प्रवाह गरेको हो ।
समाज लघुवित्तले आईपीओ सूचीकृत नगर्दै आईपीओ जारी गर्न बाँकी अर्को लघुवित्त स्वस्तिकसँग मर्जर सम्झौता गरेको जानकारी असोज ५ गते नेप्सेलाई गराएको थियो। बिहीबार शेयर सूचीकरणसँगै समाज लघुवित्तको शेयर कारोबार रोक्का भएको सूचना जारी हुनुपर्नेमा भुलवस वोमी लघुवित्त पर्न गएको हो ।
उता त्रुटीवस नाम पर्न गएको वोमी लघुवित्त पनि मर्जरमा रहेको छ । मर्जर सम्झौतापछि वोमी लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार रोक्का छ । वोमीले सर्लाही हरिवनको ग्रामीण स्वयंमसेवक लघुवित्तसँग भदौ २६ गते सम्झौता गरेको थियो। सोही कारण वोमी लघुवित्तको शेयर कारोबार पनि रोक्का छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया