ग्लोबल आइएमई बैंकले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले होटल व्यवसायी महासंघमा आबद्ध नेपाल भरका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् ।

बैंक र महासंघ बीच सरलताका साथ बैकिङ्ग कारोबारको पहुँच भित्र ल्याउने विषय सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । होटल व्यवसायी महासंघ नेपालसंग आवद्ध व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पु¥याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पु¥याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ ।
यसका साथै महासंघसंग आबद्ध व्यवसायीहरुको लागि बैंकले आवश्यकता अनुसार बैंकिङ्ग एवं वित्तीय साक्षारता सम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । यस्तो सुविधा लिनको लागि महासंघसंग आबद्ध सम्पूर्ण व्यवसायीहरुले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।