नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा मंगलबार कारोबारमा आएका २२ कम्पनी मध्ये १५ कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ ।
तीन कम्पनीको शेयरमूल्य सर्किट लेबलमा घटेको छ भने ४ कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा २२ कम्पनीका १ हजार ५९५ कित्ता शेयर ३ लाख ३५ हजार ५७० रुपैयाँमा खरीद बिक्री भएका छन् । यस अवधिमा नेप्से ४.१० अंकले बढेर १५६४.९३ बिन्दुमा बन्द भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया