सिनर्जी पावर कम्पनीका अध्यक्षको राजीनामा स्वीकृत

0
Shares

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (SPDL) का अध्यक्ष विष्णुराज अधिकारीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

अधिकारीले आफ्नो व्यक्तिगत कार्य व्यस्तताका कारण असोज १ गते पदबाट राजीनामा दिएका थिए ।

कम्पनी सञ्चालक समितिको असोज १२ गते सम्पन्न बैठकले अधिकारीले दिएको राजीनामा स्वीकृत गरेको सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका सचिव ध्रुवराज शर्माले जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।