नाडेप लघुवित्तको बोनसपछि शेयरमूल्य समायोजन

0
Shares

नाडेप लघुवित्त वित्तीय संस्था (NADEP) को बुधबार शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट प्रस्तावित बोनस शेयरको बुकक्लोजसँगै मूल्य समायोजन भएको हो ।

नेप्सेले लघुवित्तको १० प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ६७६.३६ रुपैयाँ शेयरमूल्य निर्धारण गरेको छ । मंगलबार लघुवित्तको अन्तिम पटक ७४४ रुपैयाँमा कारोबार भएको थियो ।

लघुवित्तले रानीबन पार्टी एण्ड रेष्टुराँ, नागार्जुन, काठमाडौँमा असोज २८ गते बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले चुक्ता पूँजी ३६ करोड ८० लाख रुपैयाँको १० प्रतिशत (३ करोड ६८ लाख रुपैयाँ) बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसैगरी लघुवित्तको शेयर संरचना परिवर्तन गरी ५१ः४९ कायम गर्ने, मर्जर तथा प्राप्ती प्रकृषका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १४ असाेज २०७७, बुधबार  १२ : ४० बजे