नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) को २० लाख ७ हजार १२३ दशमलव ६१५ कित्ता शेयर सूचीकृत भएको छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १० बराबर ९.५ कित्ता शेयर स्वाप अनुपातमा नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेको थियो । सोही नागबेली लघुवित्त वित्तीय संस्था तर्फको शेयर बिहीबार मिर्मिरे लघुवित्तको नाममा सूचीकृत गरेको हो ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ७ गतेदेखि नागबेली लघुवित्त वित्तीय संस्थालाई गाभेर एकीकृत कारोबार थालेको थियो । दुबै लघुवित्तको गत असार २० गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले एक्विजिशन सम्बन्धि प्रस्ताव पारित गरेका थिए।
मिर्मिरे लघुवित्तले असोज १२ गते सिराहको गोलबजारमा रजिष्ट्रार कार्यालय रहेको श्रृजनशील लघुवित्तलाई एक्वीजिशन गर्ने सम्झौता गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया