सिभिल बैंक (CBL) ले असोज १६ गते शुक्रबारदेखि संस्थापक समूहको ८ लाख ६७ हजार ६०४ कित्ता शेयर लिलामीमा ल्याएको छ ।
यो लिलामीमा विद्यमान संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरीद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन गर्न सक्नेछन् ।
लिलामी शेयर खरीद गर्नचाहने इच्छुकले देखि ३० गतेभित्र बोलपत्र पेश गरिसक्नुपर्नेछ । शिलबन्दी बोलपत्र सिभिल क्यापिटल मार्केट सुन्धारामा आवेदन बुझाउनुपर्नेछ ।
शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम मूल्य १०० रुपैयाँ वा सोभन्दा बढाबढ मूल्यमा निवेदन पेश गर्न सकिनेछ । न्यूनतम १० हजार कित्ता वो सोभन्दा माथि लिलामीमा आएको सम्पूर्ण शेयर खरीदका लागि बोलपत्र पेश गर्न सकिनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया