कूल कारोबारमा बैंकिङ्ग हिस्सा २६ प्रतिशतमा खुम्चियो, जलविद्युतको कारोबार हिस्सा बढ्दै

0
Shares

पछिल्ला दिनमा बैंकिङ्ग भन्दा अन्य उप समूहको कारोबार बढ्दा ७५ प्रतिशत बढी शेयर हिस्सा ओगट्ने बैंकिङ्ग क्षेत्रको शेयर कारोबार यस साता २६.६० प्रतिशतमा खुम्चिएको छ । गत साता ३० प्रतिशत बढी हिस्सा रहेको थियो । अन्य समयमा कूल कारोबारको ६० देखि ७० प्रतिशत कारोबार हिस्सा बैंकिङ्गले ओगट्ने गर्दथ्यो । बैंकिङ्गमा यस साता ३ अर्ब ३ करोड ७५ लाख बढीको करोबार भयो।

यस साता जलविद्युत उपसमूहमा उच्च रकमको कारोबार भएको छ । यस साता २७.१४ प्रतिशत कारोबार हिस्सा ओगटेको छ । यस साता ३ अर्ब ९ करोड ९० लाख रुपैयाँ सहित जलविद्युतको उच्च कारोबार भएको हो ।

यसैगरी निर्जीवन बीमा कम्पनीको कारोबार १०.२१ प्रतिशत, अन्य ७.१८, जीबन बीमा ६.८३ प्रतिशत, लघुवित्त ५.३६, विकास बैंक ४.१९, होटल ४.५९, वित्त ३.२४ प्रतिशत, र उत्पादन उपसमूहको कारोबार हिस्सा २.३४ प्रतिशत कारोबार हिस्सा छ । ब्यापार र म्युचुअल फण्डको हिस्सा १ प्रतिशतभन्दा कम छ ।

यो साता २०१ कम्पनीको ५ करोड २२ लाख २५ हजार कित्ता शेयर ११ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ ।

सातामा ६ उपसमूहका परिसूचक बढे, ६ घट्यो

यस साता ६ उपसमूहको मात्र परिसूचक बढेको छ भने ६ वटै घटेका छन् । कारोबारमा आएका १२ उपसमूहमध्ये जलविद्युत, जीबन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र ब्यापार उप समूहको परिसूचक घटेको छ ।

विकास बैंकको सूचक सबैभन्दा धेरै ६.२५ प्रतिशतले बढ्दा वित्त ३.८५, निर्जीबन बीमा १.४३, म्युचुअल फण्ड १.१२ बैंकिङ्ग १.०९, र होटल ०.८५ प्रतिशतले बढेको छ ।

यस्ता छन् टप खरीद बिक्री गर्ने ब्रोकर

यस साता ब्रोकर नम्बर ५८ नासा सेक्युरीटीजबाट सबैभन्दा धेरै ८२ करोड ९३ लाख १७ हजार रुपैयाँको शेयर खरीद भएको छ ।

यसैगरी ब्रोकर नम्बर ३३ दक्षिणकाली इन्भेष्टमेन्टबाट ७६ करोड २४ लाख ८५ हजार, ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटीजबाट ५४ करोड ७६ करोड ५३ लाख, ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटीजबाट ४८ करोड ८१ हजार र ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजबाट पाँचौं ठूलो खरीद भएको छ । सो ब्रोकरले ४४ करोड ३ लाख बढीको शेयर खरीद गरेको हो ।

बिक्रीतर्फ यस साता ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटीजबाट सबैभन्दा धेरै ९८ करोड ८१ लाख ८१ हजार रुपैयाँको शेयर बिक्री भएको छ । यसैगरी ब्रोकर नम्बर ५८ नासा सेक्युरीटीजबाट ७९ करोड ४ लाख, ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटीजबाट ५१ करोड ७५ लाख, ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजबाट ४९ करोड २५ लाख र ब्रोकर नम्बर ६ अग्रवाल सेक्युरीटीजबाट ३९ करोड ४० लाख रुपैयाँको शेयर बिक्री गरेको छ ।

यस्ता छन् धेरै कारोबार गर्ने ब्रोकरले छनौट गरेका शीर्ष दश खरीद र बिक्री स्क्रिप्ट

यस साता धेरै कारोबार गर्ने दश ब्रोकर कम्पनीबाट शीर्ष खरीद भएका दश स्क्रिप्टहरुमा सोल्टी होटल, अरुण काबेली, अरुण भ्याली, हिमाल दोलखा हाइड्रोपावर, नेपाल रि इन्स्योरेन्स, कुमारी बैंक, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिभिल बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।

धेरै कारोबार गर्ने दश ब्रोकर कम्पनीबाट यस साता शीर्ष बिक्रीमा आएका दश स्क्रिप्टहरुमा सोल्टी होटल, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली, अरुण भ्याली, नेशनल हाइड्रोपावर, नेपाल बैंक, अपि पावर, शिखर इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स कम्पनी र कुमारी बैंक रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ असाेज २०७७, शुक्रबार  १६ : २५ बजे