सानिमा जनरलको आईपीओमा आजदेखि आवेदन खुल्यो

0
Shares

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड को साधारण शेयर (आईपिओ) मा आजदेखि आवेदन खुला भएको छ ।

कम्पनीले असोज २१ गते बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपिओ शेयर निष्काशन गरेको हो ।

कूल निष्काशनमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाइहरुलाई छुट्टाएइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणकले आवेदन दिन सक्नेछन् ।

साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर पछिल्लो समय निकाष्शन भएको जनरल इन्स्योरेन्सको आईपीओमा नै करिब ८ लाख वटा आवेदन सदर भएकाले यो आईपीओमा पनि ३५ प्रतिशतभन्दा कम आवेदनले मात्र गोलाप्रथाबाट १० कित्ता हात पार्नेछन् ।

यो निष्काशनमा पनि आवेदन गर्ने एक सय जनामा ६५ जनाले आईपीओ नपाउने हुँदा यो आईपीओमा पनि १० कित्ताको आवेदन नै प्रयाप्त हुनेछ ।

आईपीओमा मेरो शेयर सफ्टवेयरका साथै नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट असोज २५ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् ।

हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्काशनपछि एक अर्ब रुपैयाँ पूँजी पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

बीमा समितिबाट निर्जीबन बीमा व्यवसाय सञ्चालन गर्न अनुमिति पाएका तीन कम्पनीमध्ये अजोड र जनरल इन्स्योरेन्स नेपालले यसअघि नै आईपीओ जारी गरिसकेका छन्। सानिमा जनरलको आईपीओ पछि सबै निर्जीबन बीमा कम्पनीको आईपीओ सकिनेछ ।

उता जीबन बीमा व्यवसायका लागि अनुमति पाएका १० नयाँ कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सले मात्र आईपीओ जारी गरेको छ । अन्य ९ कम्पनीको शेयर जारी हुन बाँकी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।