सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (SGIC) को प्राथमिक शेयर (आईपीओ) मा तीन दिनमा नै करिब साढे ७ लाखले आवेदन गरेका छन् ।
इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार शुक्रबार ४ः४५ बजेसम्ममा ७ लाख ४४ हजार ४९१ जनाबाट आवेदन परेको हो ।
तीन दिनमा परेको औषत आवेदन प्रतिदिन २ लाख ४८ हजार रहेको छ । धेरै आवेदनहरु यसबीचको तीन दिनमा परिसकेकाले अबका बाँकी दिनमा भने आवेदक घट्नेछन् ।
यसअनुसार कम्पनीको आईपीओमा अझै शनिबार र आइतबार आवेदन गर्ने समय भएकोले यस आईपीओमा आवेदक कम्तिमा ९ लाख नाघ्ने देखिन्छ ।
क्यापिटलका अनुसार उक्त संख्याको आवेदनबाट १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ३६ हजार ५५० कित्ता शेयर माग भएको छ ।
सर्वसाधारणकमा निष्काशन गरेको आइपिओमा दोस्रो दिनसम्ममा ५.९५ गुणा धेरै आवेदन परेको हो । कम्पनीले बुधबारदेखि कर्मचारी र सामूहिक लगानी कोषका इकाईहरुलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिरहेको छ ।
तीन दिनमा परेको आवेदनका आधारमा कम्पनीको आईपीओ ३५ प्रतिशत आवेदकले मात्र पाउने देखिन्छ। बाँकी दुई दिनमा थपिने आवेदनका आधारमा शेयर पाउने सम्भावना थप घट्नेछ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शेयर गोलाप्रथाद्वारा दुई लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले मात्र पाउनेछन् ।
लगानीकर्ताले आईपीओमा मेरो शेयर वेवसाइटबाट अनलाईन तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट असोज २५ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ निष्काशन गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाईहरुलाई छुट्टाएर बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया