सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड को साधारण शेयर (आईपिओ) मा आवेदन गर्ने आज ( असोज २५ गते) अन्तिम दिन रहेको छ ।
लगानीकर्ताले आईपीओमा मेरो शेयर सफ्टवेयरका साथै नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आइतबारसम्म कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । मेरो शेयरबाट आवेदन गर्नेले भने ५ बजेसम्म आईपीओ भर्न पाउनेछन् ।
साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर शुक्रmबारसम्ममा नै कम्पनीको आईपीओमा साढे ७ लाख बढीले आवेदन गरिसेकाले कम्पनीको आईपीओ ३० प्रतिशतभन्दा कम आवेदनले मात्र गोलाप्रथाबाट १० कित्ता हात पार्ने अवस्था देखिन्छ । यसअनुसार १० कित्ताका लागि आवेदन गर्नु नै प्रयाप्त हुन्छ ।
कम्पनीको आईपीओमा ९ लाख हाराहारीमा आवेदन पर्ने आंकलन गरिएको छ ।
कम्पनीले असोज २१ गते बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपिओ शेयर निष्काशन गरेको हो । कूल निष्काशनमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाइहरुलाई छुट्टाएइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणकले आवेदन दिन सक्नेछन् ।
हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्काशनपछि एक अर्ब रुपैयाँ पूँजी पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।
बीमा समितिबाट निर्जीबन बीमा व्यवसाय सञ्चालन गर्न अनुमिति पाएका तीन कम्पनीमध्ये अजोड र जनरल इन्स्योरेन्स नेपालले यसअघि नै आईपीओ जारी गरिसकेका छन्। सानिमा जनरलको आईपीओ पछि सबै निर्जीबन बीमा कम्पनीको आईपीओ सकिनेछ ।
उता जीबन बीमा व्यवसायका लागि अनुमति पाएका १० नयाँ कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सले मात्र आईपीओ जारी गरेको छ । अन्य ९ कम्पनीको शेयर जारी हुन बाँकी छ ।
- सानिमा जनरलको आईपीओमा तीन दिनमै साढे ७ लाख आवेदन
- सानिमा जनरलको आईपीओ आवेदक दुई दिनमै ६ लाख नजिक
- सानिमा जनरलको आईपीओ पहिलो दिनमै सबै बिक्यो, २.२५ गुणा धेरै आवेदन
- सानिमा जनरलको आईपीओमा आजदेखि आवेदन खुल्यो
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया