गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को झण्डै ६ लाख कित्ता लिलामीको शेयरको बोलपत्र आज १० बजेदेखि कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी नक्सालमा खुला गरिएको छ ।
इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता शेयर गरी कुल ५ लाख ९० हजार १४ कित्ता शेयर असोज १३ देखि १९ गते सोमबारसम्म लिलाम बढाबढ प्रक्रियाबाट बिक्रीमा ल्याएको थियो ।
कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशत हकपद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । सो समयमा अवितरित भएको झण्डै ६ लाख कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गरिएको हो ।
लिलामीको शेयरमामा एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, वीरगञ्ज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ्ग शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सकिने व्यवस्था गरिएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया